
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति तथा सम्भावित आगामी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले ९० दिनका लागि पारस्परिक भन्सार शुल्क स्थगन गर्ने घोषणा गरेका छन्। अमेरिकी उद्योग र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रलाई राहत दिने उद्देश्यले ट्रम्पले यस्तो निर्णय लिएका हुन्। ट्रम्पले भने, “हामी व्यापारलाई पुनः सन्तुलित गर्न चाहन्छौं, तर त्यसका लागि तत्कालिक कदमहरू आवश्यक छन्।” उनका अनुसार यो ९० दिनको अवधि अमेरिका र उसका व्यापार साझेदारबीच संवाद र सहकार्यलाई पुनः बलियो बनाउन प्रयोग गरिनेछ। ट्रम्प प्रशासनको अघिल्लो कार्यकालमा पनि चीनसहित विभिन्न देशहरूसँग व्यापार युद्ध चर्किएको थियो, जसमा आपसी भन्सार शुल्कले विश्वव्यापी आपूर्ति श्रृंखलामा असर परेको थियो। तर उनले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन्, बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्याएका छन्।
ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन्। ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु। यो निर्णय तत्काल लागू हुनेछ। चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ।’ ट्रम्पले चीनसँगको बढ्दो टकरावलाई भने झन तीव्र पारेका छन् ।
बेइजिंगले अमेरिकी करको जवाफमा प्रतिकार गरेको छ। तर राष्ट्रपति ट्रम्प विश्वभरबाट झण्ड ४० बढी देशले प्रतिकारात्मक कदम चालेपछि चर्को दबाबको सामनामा गर्दै पछि हट्न बाध्य भएको वाशिंगटन पोष्टले उल्लेख गरेको छ। उल्लेखनीय के छ भने ट्रम्प प्रशासनले ट्यारिफ घोषणा गर्दा पछि नहट्ने आश्वासन दिंदै आएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे