
काठमाडौं, साउन १६। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार दाबी गरिन् कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा महत्वपूर्ण शान्ति सम्झौता र युद्धविरामको सफल मध्यस्थता गरेका छन्। उनका अनुसार ट्रम्पले इजरायल–इरान, भारत–पाकिस्तान, सर्बिया–कोसोभो, मिस्र–इथियोपिया, थाइल्याण्ड–कम्बोडिया र रुवाण्डा–कङ्गोबीचको तनाव अन्त्य गराउन भूमिका खेलेका छन्।
लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्पले हालसम्म छैटौं महिना पनि पूरा गरेका छैनन्, तर उनी लगभग प्रत्येक महिनामा एउटा शान्ति सम्झौता वा युद्धविराम गराउन सफल भएका छन्। अब उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ।”
थाइल्याण्ड–कम्बोडिया संघर्षको सन्दर्भ दिँदै उनले भनिन्, “त्यो द्वन्द्वमा ३ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका थिए। ट्रम्पको पहलपछि दुई देशबीच तत्काल युद्धविराम भएको हो।”
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का अध्यक्ष मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडियाली प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायचाईबीच शान्ति वार्ता गराएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे