
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’ अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ, ट्रम्पले पत्रकारहरूसँग भने। उनले थपे नयाँ दिल्लीले रूसी कच्चा तेल खरिद गरेकोमा वासिङ्टन असन्तुष्ट थियो किनभने यसले मस्कोलाई युक्रेनमा आफ्नो हास्यास्पद युद्ध जारी राख्न अनुमति दियो।
यद्यपि, अमेरिकी राष्ट्रपतिले यो पनि भने कि यो रोक तत्काल हुनेछैन, र स्पष्ट समयसीमा नदिई थोरै प्रक्रिया हुनेछ। उनले लामो समयदेखि भारतको सत्तामा रहेका मोदीको तारिफ गर्दै उनलाई महान् व्यक्ति समेत भने। यसरी नै चीनलाई पनि रूसबाट तेल नकिन्नका लागि मनाउन सकिने ट्रम्पले बताएका छन्।
रूसबाट तेल किनेकै कारण ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाएका छन्। तेल किनिरहे भन्सार बढाएर ५० प्रतिशत पुर्याउने धम्की ट्रम्पले यसअघि नै दिएका थिए। उनले अगाडि थपे, ‘मैले वर्षौंदेखि भारतलाई हेर्दै आएको छु । त्यहाँ प्रायस् हरेक वर्ष सरकार बदलिन्छ । तर मेरा साथी मोदी त्यहाँ लामो समयदेखि छन् । उनले अब भारतले रूसबाट तेल नकिन्ने आश्वासन दिए । यद्यपि यो तुरुन्तै रोकिने होइन, तर प्रक्रिया सुरु भइसकेको छ ।’ भारतीय निजी कम्पनीहरूले रूससँग दीर्घकालीन तेल सम्झौता गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे