
एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनलाई तत्काल युद्ध रोकेर वार्ता सुरु गर्न आह्वान गरेका छन्। ट्रम्पले हाल भइरहेको युद्धले हजारौँको ज्यान गएको र अझ धेरै क्षति हुनसक्ने भन्दै दुबै देशलाई वार्ताको टेबलमा बस्न आग्रह गरेका हुन्।
ट्रम्पले एक अन्तर्वार्तामा भने, अब पनि ढिला भएको छैन, दुबै देशका नेताहरूले तुरुन्त वार्ताको पहल गर्नुपर्छ। युद्धले कसैको भलो गर्दैन।ू उनले आफू राष्ट्रपति भए युद्ध सुरु नै हुने थिएन भन्ने दाबीसमेत दोहोर्याए। रुस र युक्रेनबीच सन् २०२२ फेब्रुअरीदेखि जारी युद्धले लाखौँ मानिस विस्थापित भएका छन्, हजारौँ मारिएका छन्, र पूर्वी युरोपमा गम्भीर मानवीय संकट निम्त्याएको छ।
ट्रम्पले यदि युद्ध अब पनि नरोकिए ठूलो स्तरको त्रासदी हुने चेतावनी दिएका छन्। उनले अमेरिकाले शान्ति स्थापना गर्न भूमिका खेल्नुपर्ने पनि बताएका छन्। उनको भनाइले आगामी अमेरिकी राष्ट्रपतीय चुनावलाई लक्षित गरेको अनुमान गरिएको छ, किनकि उनले बारम्बार आफू नेतृत्वमा भएको भए यस्ता संघर्षहरू नहुने दाबी गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे