
काठमाडौँ , २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौतामा महत्वपूर्ण भूमिका निभाएको दाबी गरेका छन्। शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग कुरा गर्दै उनले यस सम्झौतालाई नेपालको समृद्धिको लागि कोशेढुंगा बताए।
प्रचण्डले भने, “भारत र बंगलादेशसँग मैले मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा हो।” उनले नेपालका जलविद्युत परियोजनाहरूमा गुणात्मक वृद्धि गरेर भारत, चीन, बंगलादेश लगायतका देशलाई विद्युत बेचेर समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।
उनले भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौतासँगै चीनमा विद्युत निर्यात गर्ने योजना कार्यान्वयन गर्ने महत्व जोडेका छन्। यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने उनले बताए।
प्रचण्डले अहिलको सरकारको आलोचना गर्दै भने कि विद्युतको विकासमा हस्तक्षेप बढेको छ। इप्पानको योगदानलाई उनले महत्त्वपूर्ण मान्दै प्रचण्डले सरकारको नेतृत्व गर्दा जलविद्युत उत्पादनसँग सम्बन्धित ऐनका बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ लगायतका मुद्दाहरूलाई सम्बोधन गर्न अध्यादेश ल्याएको उल्लेख गरे।
इप्पानका अध्यक्ष गणेश कार्कीले अध्यक्ष प्रचण्डको पालामा त्रिदेशीय विद्युत व्यापार सम्झौता, २८ हजार मेगावाट विद्युत उत्पादनको सहमति र लोडसेडिङ अन्त्यको कार्यलाई ऐतिहासिक बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे