
काठमाडौं, ५ फागुन । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना कार्यक्रम रोकेको छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो ।
त्रिविले अहिले स्नातक प्रथम वर्षको भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुनः सुचारु हुने त्रिविले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे