
काठमाडौं – नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रको सुधारका लागि नियामकीय हस्तक्षेप मात्र पर्याप्त नहुने भन्दै बिमा कम्पनीहरूले आन्तरिक सुशासन र आत्मनियमनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित सम्मान तथा ‘अबको बिमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओझाले बिमा कम्पनीहरूमा ‘अन्डरराइटिङ’ सम्बन्धी देखिएका समस्याहरू समाधान गर्न नियामक निकायको भूमिकासँगै संस्थाहरू स्वयंको अनुशासन र स्वनियमन पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।
उनले बिमा क्षेत्रको सुदृढीकरणका लागि विगतका सफल अभ्यासहरूलाई निरन्तरता दिँदै सुधारका प्रयासहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, यस क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न बिमा कम्पनी, मध्यस्थकर्ता, सर्भेयर संघ तथा अन्य सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिएका छन्।
अध्यक्ष ओझाले बिमा कम्पनीहरूको वित्तीय सुदृढीकरणका लागि समग्र क्षेत्रबाट सक्रिय पहल आवश्यक रहेको उल्लेख गर्दै, बिमा क्षेत्रले राष्ट्र निर्माणमा पु¥याउन सक्ने योगदानलाई केन्द्रमा राखेर आवश्यक नियामकीय हस्तक्षेप गरिने स्पष्ट पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे