
काठमाडौं । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट र गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकलाई विश्वस्तरीय सुविधा प्रदान गरिने जनाएको छ ।
पूर्णरूपमा सुविधा सम्पन्न यस शाखामा थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुणस्तरीय सैलुन, स्विमिङ्ग पूल र जिम लगायतका सम्पूर्ण वेलनेस सुविधा उपलब्ध गराइनेछ । ललितपुरस्थित वेलनेस शाखामा ग्राहकको माग बृद्धि भएपछि कम्पनीले राजधानीमा पनि सेवाको पहुँच विस्तार गर्ने निर्णय गरेको हो ।
ट्रान्क्यूलिटी स्पाले विगत दुई दशकदेखि देशभर वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै १८ भन्दा बढी शाखा सञ्चालनमा ल्याइसकेको छ । अधिकांश शाखा प्रतिष्ठित होटल र पर्यटकीय गन्तव्यहरूमा अवस्थित रहेका कारण देशमा आउने पर्यटक माझ यसको लोकप्रियता बढेको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिल्स रिजोर्ट, रोयल टुलिप चितवन लगायतका प्रतिष्ठित होटलहरूमा कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ भने मलेसियामा रहेको शाखाले त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ ।
कम्पनीका प्रमुख परिचालन अधिकृत रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा गुणस्तरीय वेलनेस सेवाको पहुँच बढाउने विश्वास व्यक्त गर्दै दैनिक व्यस्त जीवनशैलीमा शारीरिक र मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढेको बताए । अध्यक्ष भुवन फैजुले यस पहलले प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्ने दीर्घकालीन रणनीतिमा योगदान पुर्याउने बताए ।
हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० रोजगारी प्रदान गर्दै आएको छ । नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीले प्रिमियम आतिथ्य सेवासँगै एउटै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे