
काठमाडौं – सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलर बराबरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार प्राप्त ऋण जलविद्युत् आयोजनाहरूको लागि आवश्यक हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस साझेदारीले बैंकको व्यापार वित्त (Trade Finance) सेवामा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौताले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, फोसिल फ्यूलमा निर्भरता कम गर्दै जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानलाई सघाउने लक्ष्य राखिएको छ।
सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्राथमिकता दिँदै स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। हाल बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालयहरू तथा १२६ एटीएम सञ्चालन गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे