
काठमाडौँ । गोवाको अर्पोरामा रहेको एक क्लबमा ग्यास सिलिन्डर पड्केर भएको ठूलो आगलागीमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। मृत्यु हुनेमध्ये ४ जना पर्यटक र १४ जना क्लबका कर्मचारी रहेको गोवा प्रहरीले आइतबार जानकारी दिएको छ। उद्धार गरिएका सात शवको पहिचान भने अझै खुलेको छैन।
अर्पोराको बिर्च बाई रोमियो लेन क्षेत्रमा शनिबार राति लागेको भीषण आगलागीमा ६ जना घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। आगलागीपछि प्रहरीले क्लब सञ्चालकहरू विरुद्ध कानुनी कारबाही अघि बढाएको छ भने प्रहरी र अग्निशामक विभागले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेका छन्।
यस दुखद घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे