
काठमाडौं । सन् २०२५ का पहिलो १० महिनामा करिब ९ लाख ४४ हजार विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिभन्दा थोरै बढी हो। आन्दोलनका कारण पर्यटन प्रभावित हुने आशंका भए पनि स्थिति सामान्य भएपछि पर्यटक आगमन बढेको हो। केवल अक्टोबर महिनामै १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षभन्दा ३.३ प्रतिशत बढी हो।
अक्टोबरमा सबैभन्दा धेरै १७ हजार २९८ भारतीय, १३ हजार २८६ अमेरिकी, ८ हजार ७१८ बेलायती, ६ हजार ७५५ चिनियाँ र ६ हजार ३६६ जर्मन नागरिक आएका छन्। कुल आगमनमध्ये ३५.८ प्रतिशत दक्षिण एसियाली, २०.९ प्रतिशत अन्य एसियाली र १९.१ प्रतिशत युरोपेली पर्यटक रहेका छन्।
पर्यटकले नेपालमा दैनिक करिब ४० डलर खर्च गर्ने र डेढ साता बस्ने गरेका छन्। यो वर्ष १ सय ७५ टोलीका १ हजार ४५० आरोहीले पर्वतारोहण अनुमति लिई सरकारलाई २५ करोड ५१ लाख रुपैयाँ रोयल्टी उपलब्ध गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे