काठमान्डौ , ३ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्।आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन् । पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।
अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको अडियोमासमेत पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको सुनिन्छ।आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गालीगलौच र दुर्व्यवहार गरेको पर्यटन मन्त्रालय स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्ट्ले खबर लेखेको छ।मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे