
काठमाडौँ, २३ साउन । बालुवाटारमा सभामुखसहित तीन दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो।
घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सुचारू गर्न प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरु भएको हो ।
बैठकमा शीर्ष नेतासहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।
दुबै सदन खुलाउन हिनो सोमबार पनि सभामुखसहित शिर्ष नेताहरुको बैठब बसेका थिए तर बैठक निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।
सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गर्दै एमालेले केहि दिनदेखि संसदको दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे