
काठमाडौँ , १ जेठ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदै छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो ।वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरासहित पूर्वगृहसचिव पनि पक्राउ परिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे