
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
भदौ २४ गते भएको जेन(जी) आन्दोलनको क्रममा रायमाझी कारागारबाट फरार भएका थिए। उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा दायर भएको हो।
त्यसै आधारमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार रायमाझी पुर्पक्षका लागि थुनामा राखिएका थिए। फरार भएको करिब तीन साता पछि उनी पुनः कारागारमा फर्किएका हुन्।
तर, सोही प्रकरणमा पुर्पक्ष थुनामा रहेका पूर्वगृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे भने अझै कारागार नफर्किएको कारागार प्रशासनले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे