
काठमाडौं । सरकारले अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन झन्झटिलो टोकन प्रणाली हटाएको छ। अब आवेदन दिएको दिनमै स्वीकृति पाइने व्यवस्था गरिएको छ। यसअघि भने टोकन लिएर पालो कुर्नुपर्ने अवस्था थियो।
श्रममन्त्री दीपककुमार साहको उपस्थितिमा भएको बैठकले यो निर्णय गरेको हो। अब वैदेशिक रोजगारी सम्बन्धी तालिम पनि अनलाइनमार्फत उपलब्ध गराइनेछ। सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने, न्यूनतम ज्याला लागू गर्ने र श्रमिकको सुरक्षा सुनिश्चित गर्ने योजना पनि अघि सारेको छ।
त्यस्तै, देशभित्रै रोजगारी बढाउने, सीप तालिम दिने, नयाँ देशसँग श्रम सम्झौता गर्ने र वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने कामलाई पनि प्राथमिकता दिइने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे