
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागमा अहिले पनि केही मात्रामा पश्चिमी वायुको असर देखिएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल रहनेछ। साथै, यी प्रदेशका केही पहाडी स्थान र बाँकी तराई क्षेत्रका एक–दुई ठाउँमा हल्का देखि मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।
विभागले सम्भावित वर्षाका कारण पहिरो वा यात्रामा अवरोध हुन सक्ने भएकाले सतर्क रहन सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे