
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश ठाउँमा बादल लाग्नेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
यसै क्रममा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने सम्भावना छ। साथै, बाँकी प्रदेशका पहाडी र तराईका क्षेत्रमा पनि कतै–कतै मेघगर्जन, चट्याङ र मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने अन्य ठाउँमा आंशिक बदली रहने बताइएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका भागमा विशेषगरी मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।
त्यसैले, यी प्रदेशमा बसोबास गर्ने वा यात्रा गर्नेहरूले मौसमअनुसार सावधानी अपनाउन सुझाव दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे