
काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव छ भने देशका पश्चिमी भागमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि केही असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, ती प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा र केही स्थानमा भारी वर्षा सम्भावित छ। हिमाली क्षेत्रका केही स्थानमा हिमपात पनि हुनसक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे