
काठमाडौँ– हाल नेपालमा न्यून चापको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ। पूर्वी र मध्य तराईका केही ठाउँमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे