
काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले कुनै महत्वपूर्ण मौसम प्रणाली सक्रिय छैन।
महाशाखाले जनाएको अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। केही स्थानमा भने आंशिक बदली देखिन सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे