
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी देशमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
महाशाखाले राति पनि देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। हालको अवस्थाअनुसार आगामी केही दिनसम्म समेत मौसम स्थिर रहने सम्भावना रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे