
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवात’का कारण देशभर वर्षा र हिमपात भएपछि जनजीवन प्रभावित भएको थियो। हिमपातका कारण मनाङको तिलिचो आधार शिविरमा फसेका १३ पर्यटकलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे