
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायू र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि अधिकांश स्थानमा बादल छ भने कोशी, बागमती र गण्डकीका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा बदली रहने र मधेशसहितका अन्य पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ।
यस्तै, राति पनि यी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बदली रहने र थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे