
काठमाडौँ । हाल देशभर कुनै ठूलो मौसम प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। अन्य धेरै ठाउँमा मौसम प्रायः सफा रहनेछ।
कोशी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना छ। आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी अधिकांश भागमा भने मौसम सफा रहनेछ।
यसैले आज देशभर विशेष खतरा वा असामान्य मौसम हुने देखिँदैन। तर, कोशी प्रदेशका पहाडी क्षेत्रका बासिन्दाले हल्का वर्षाको सम्भावनालाई ध्यानमा राख्न विभागले आग्रह गरेको छ। मौसम सामान्य रहेकाले दैनिक कामकाजमा कुनै ठूलो असर नपर्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे