
काठमाडौँ – हाल मनसुनी वायु कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली, अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। ती पहाडी क्षेत्र र केही तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
राति पनि यस्तै मौसम रहने अनुमान छ। वर्षाका कारण पहिरो, डेब्रिज फ्लोको जोखिम बढ्न सक्ने, नदी-नालामा पानीको सतह उक्लिन सक्ने र यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे