
काठमाडौँ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
यो मुद्दा उच्च अदालत तुलसीपुर बुटवलको न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा पेशी तोकिएको थियो । लामिछानेले सहकारीमा आफ्नो हिस्साको बिगो रकम बुझाइसके पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।
लामिछानेले बिगोअनुसार रकम बुझाएर बाहिरैबाट मुद्दा लड्न अनुमति मागेका थिए । त्यसपछि उच्च अदालतले रवि र छविलाल दुवैको मुद्दा एकैसाथ पेस गर्न आदेश दिएको हो ।
यसअघि पनि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले यी दुवैको मुद्दा समान प्रकृतिको भएकाले एउटै इजलासमा सुनुवाइ गर्न निर्देशन दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे