
काठमाडौँ, १६ श्रावण । नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारबिरुद्ध आज सोमबार काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।
बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परिरहेका र सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने वताउनुभयो ।
उहाँले जनप्रदर्शनका लागि राम्रो तयारी गर्न र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभयो ।
बैैठकमा महासचिव शंकर पोखरेलले जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
पार्टीको संगठित शक्ति परिचालन गरी बढीभन्दा बढी जनता सडकमा उतार्न सबै जनसंगठन र उपत्यकाभित्र रहेका सबै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नेमा पोखरेलको जोड छ ।
मुलुकमा महंगी र भ्रष्टाचारव्याप्त रहेको र सरकारका बेथितिहरूका विरूद्धमा एमाले सडकमा उत्रेर आवाज उठाउँछ भन्ने सन्देश यस प्रदर्शनले दिनुपर्ने बताए ।
नेकपा (एमाले) ले आज पार्टी कार्यालय च्यासलबाट उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन यसअघि निर्देशन दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे