
काठमाडौँ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।
अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
आगामि आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ।
आजको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ।
दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधनको प्रति सदनमा टेबल गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे