
काठमाडौँ , १९ वैशाख | नेपालले टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । पाँच खेलको टि २० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको थियो । कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९।३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको थियो ।
नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो खेलमा वेस्ट इन्डिजको ‘ए’सँग दोस्रो टी(२० मा घरेलु टोली १० रनले पराजित भएको थियो । १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले नौ विकेटको क्षतिमा १५० रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाए। उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।
त्यस्तै, नेपालका लागि गुल्सन झाले २६, लोकेश बमल १७ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। वेस्ट इन्डिजका लागि ओबेड म्याकवे र गुडाकेस मोटिईले दुई(दुई तथा ओसेन थोमस र रोस्टोन चेसले एक(एक विकेट लिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे