
काठमाडौँ, वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक शुक्रबार बस्दैछ । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ५ बजे बैठक बस्ने भएको छ ।
लामिछानेको नागरिकता विवादमा सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
सभापति रवि लामिछाने पहिलेकै मन्त्रालय पाए सरकारमा जाने पक्षमा रहेको तर, बहुमत सदस्यहरु यति बेला सरकारमा जानुको औचित्य नहुने पक्षमा रहेका छन् ।
गत सोमबार पनि रास्वपाको केन्द्रीय समितिको बैठक बसेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे