
काठमाडौँ, माघ १६ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । शहीदहरूको सम्मानमा हरेक वर्ष मुलुकमा माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ ।
विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे