
काठमाडौँ। आज देशभर विवाह पञ्चमी मनाइँदैछ। हिन्दू धर्मअनुसार त्रेतायुगमा आजकै दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा यो पर्व मनाइन्छ। विशेष गरी जनकपुरधाममा ठूलो उत्सवका साथ राम–सीताको विवाह महोत्सव आयोजना हुँदैछ।
परम्पराअनुसार मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवर राख्दा शिवधनुष उठाउने शर्त राखेको कथा छ। अयोध्याका राजकुमार रामले त्यो धनुष उठाएर भाँच्न सफल भएपछि आजकै दिन दुवैको विवाह भएको मानिन्छ।
जनकपुरको रङ्गभूमि क्षेत्रमा आज राम मन्दिर र जानकी मन्दिरबाट डोला लिएर राम–सीताको प्रतिमा झाँकीसहित ल्याइन्छ। मटकोर, तिलकोत्सव, स्वयंवर, विवाहजस्ता सबै विधि मिथिलाको संस्कृतिअनुसार पुरा गरिन्छ। यसमा लाखौँ भक्तजन सहभागी हुन्छन्।
भक्तजन बिहानै नदी–सरोवरमा स्नान गरी पूजा गर्छन्। भजन–कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ। जनविश्वास अनुसार यस महोत्सवमा सहभागी हुँदा मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने मानिन्छ।
अघिल्लो पुस्तामा एक महिना चल्ने यो उत्सव अहिले चार दिन मात्र मनाइन्छ। आज देशका सबै राम–सीता मन्दिरमा विशेष पूजा हुँदैछ। आजको दिन विवाह गर्न साइत नचाहिने मान्यता पनि छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे