काठमाडौं ,१ कार्तिक । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५१० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ३५१ रहेको छ । ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेका मध्ये १७ जना डिस्चार्ज भएको तर कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे