
उज्बेकिस्तान(एजेन्सी) — उज्बेकिस्तानले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुने फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। यससँगै उज्बेकिस्तान केन्द्रीय एसियाबाट विश्वकपको लागि छनोट हुने पहिलो देश बनेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)सँगको गोलरहित बराबरी उज्बेक टोलीलाई विश्वकप यात्रा सुनिश्चित गर्न पर्याप्त भयो। इतिहासमै पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहने २०२६ को विश्वकप प्रतियोगितामा उज्बेकिस्तानको सहभागिता ऐतिहासिक बन्न पुगेको छ।
विश्वकपको टिकट सुरक्षित गरेर राजधानी ताशकन्द फर्किएको टोलीका सबै सदस्य—खेलाडी र प्रशिक्षक गरी ४० जनालाई—लोकप्रिय चिनियाँ गाडी निर्माता कम्पनी BYD को तर्फबाट नयाँ कार उपहारस्वरूप प्रदान गरिएको छ।
उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले टोलीका सदस्यहरूलाई सम्मानस्वरूप मानपदवी र पदक प्रदान गर्न विशेष राष्ट्रपतीय आदेश (डिक्री)मा हस्ताक्षर गरेका छन्। राष्ट्रको गौरव बढाएको भन्दै टोलीलाई राष्ट्रव्यापी सम्मान प्रदान गरिने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे