
काठमाडौँ , १८ वैशाख | रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको रारा ताल क्षेत्रमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । लगानी सम्मेलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रा।लि।का तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे