
काठमाडौँ, पुस १०। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सिमा आज ५ बजे सकिँदै छ । राष्ट्रपति भण्डारीले सरकार बनाउन दलहरुलाई सात दिनको समय दिएकी थिइन् ।सरकार गठनका लागि राष्ट्रपतिले पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), दलका शीर्षनेताहरूले, बहुपक्षीयरूपमा छलफल जारी रहेको छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालको अडानले सहमति हुन सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे