
काठमाडौँ , २६ भदौ | बुटवलमा शुक्रबार विद्यालय जान हिडेका तीन विद्यार्थी बेपत्ता भएका छन्।बुटवल उपमहानगरपालिका वडा नं ११ न्यू दर्गानगर का १४ वर्षका सागर पौडेल ,१५ वर्षीय प्रदीप पन्थी १६ वर्षीय समीर लम्साल शुक्रबार विहान विद्यालय जान हिंडेका थिए ।
परिवारका अनुसार तिनै जना एकैपटक विधालय जान निस्केका थिए । तिनै जना बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।
हराएको सूचना आएपछि इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास सुरु गरि सकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे