
काठमाडौं , १४ चैत । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार धरौटी बुझाएर रिहा भएका छन् । रिहा हुनेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन् ।
गएको मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री प्रचण्डबिरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही ५ हजार रुपैयाँ धरौटी मागेको थियो। तर, उनीहरूले धरौटी तिर्न नमानेपछि जेल चलान गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे