
काठमाडौं, ९ वैशाख — संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिहरूको बैठक बस्न लागेको छ। राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक तय भएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजेका लागि तय गरिएको छ। बैठकमा संघीय निजामती सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रका विषयमा खानेपानी मन्त्रालयले गरेका कामकारबाही, प्रगति र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल हुने कार्यक्रम छ। सो बैठकमा खानेपानी मन्त्री प्रदीप यादवको उपस्थिति रहनेछ।
त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान बमोजिम अझै निर्माण गर्न बाँकी रहेका कानुनहरूबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे