
काठमाडौँ , २९ चैत । सङ्घीय संसदअन्तर्गत आज तीन संसदीय समितिहरूको बैठक बस्ने कार्यक्रम तय गरिएको छ। आज बस्ने समितिहरूमा कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समिति रहेका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लङ्घनको विषयमा छलफल हुनेछ। सो बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने कार्यक्रम छ।
यही समयमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ। उक्त बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूची छ।
यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ। आजका यी बैठकहरूमा महत्वपूर्ण विधेयक र मानव अधिकारसँग जोडिएका विषयमा छलफल हुने भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे