
काठमाडौँ, २१ बैशाख । कांग्रेसबाट बुधवार मन्त्री बनेका ३ जनाले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ गरेका छन् ।
बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ शपथ गराए ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए।
तीनै जनामन्त्रीहरू कांग्रेस कोटामा नियुक्त भएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे