
काठमाडौँ, १५ फागुन । यस वर्षको होली पर्व सुरु भएको छ । हनुमानढोका वसन्तपुरमा बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो ।
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका ध्वजापतकासहित सजाइएको बाँसको चीर ठड्याएपछि होली सुरु हुन्छ ।
चीर ठड्याइएसँगै स्थानीयहरू हर्ष बढाइँका साथ अबिर दलेर होली मनाउँछन् । तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।
यसपालि आउँदो २२ गते सोमवार पहाडी जिल्लामा र २३ गते मङ्गलवार तराईका जिल्लामा होली मनाइँदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे