काठमाण्डौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेनं) का समर्थकहरुले विजय जुलुसको निकाल्ने भएका छन् ।
साहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् अन्तिम घोषणा भएको केहि समयपछि र्याली निकालीने जानकारी दिए । उनका अनुसार र्याली सभा गृहबाट सुरु भएर खुल्लामञ्चमा गएर समापन गर्नै गरी रुट तयार गरेको बताए ।
‘अन्तिम घोषणा भएको केहि समयपछि हाम्रो र्याली सभा गृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ, उनले लेखेका छन्, ‘त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ’
पछिल्लो मतगणना अनुसार काठमाडौँ महानगरपालीकाको मेयरमा बालेनले निकतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २१ हजार मत अन्तरले अग्रता कायम राखेका छन् । अब ७ हजार मत गणना वाँकी रहेको । सबे मतपरिणाम आएपछि उनलाई विजयी घोषणा गरीनेछ । त्यस्तै उपमेयरमा भने एमालेकी सुनीता डंगोलको ४४ हजार मतान्तरसँगै जित सुनिश्चित भईसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे