
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एएनएफए)ले तृतीय श्रेणीका रेफ्रीहरूको क्षमता अभिवृद्धि गर्न आयोजना गरेको रेफ्री रिफ्रेसर कोर्स बुधबार, २५ डिसेम्बर २०२४ मा सफलतापूर्वक सम्पन्न भएको छ।
सो कोर्स डिसेम्बर २३ मा सुरु भएको थियो, जसमा देशभरका २८ जना रेफ्रीहरूले सहभागिता जनाएका थिए। एएनएफएले जानकारी दिएको अनुसार, उक्त तालीमको उद्देश्य रेफ्रीहरूको दक्षता अभिवृद्धि गर्दै नेपालको फुटबल खेलमा उच्चस्तरीय रेफ्रीङ्ग सुनिश्चित गर्नु रहेको थियो।
तालीम अवधिभर सहभागीहरूले फुटबल नियम, आधुनिक रेफ्रीङ्ग प्रविधि, र व्यावहारिक पक्षहरूबारे ज्ञान हासिल गरेको एएनएफएले जनाएको छ। यस प्रकारका तालीमले नेपाली फुटबल खेलको गुणस्तर सुधारमा योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे