
काठमाडौँ , १ माघ | काठमाडौंबाट पोखरा आइरहेको यती एयरलाईन्सको एटिआर–७२ जहाज पोखराको पुरानो विमानस्थलको पूर्वपट्टीको भागमा रहेको सेती खोंचमा खसेको हो।पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा सवारमा यात्रुको पहिचान खुलेको छ ।
दुर्घटनाग्रत विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेका छन् । खोंचमा खसेकाले उद्धारमा कठिनाई भएको छ।
दुर्घटनाग्रस्त विमानमा किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल र सोनु जैसवाल रचना काफ्ले, सीता कुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना विमानमा सवार छन् । कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा रहेका छन् भने अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन ।
कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा र अन्य दुईजना शिशुहरुको नाम खुल्न सकेको छैन । विदेशी यात्रुहरुमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन र एलेक्जेण्डर आइरिडोरे रहेका छन् ।
अहिलेसम्म ३६ जनाको शव निकालिएको उनले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे