
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । सुदन गुरुङ को सचिवालयले उनी मन्त्रालयमै सोफामा सुतेको पुष्टि गरेको छ। सचिवालयका अनुसार, सर्वसाधारणबाट बारम्बार गुनासो आएपछि गृहमन्त्री गुरुङ बिहीबार साँझ आफ्नो टोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
विमानस्थलमा यात्रुहरूले धेरै सास्ती भोग्नु परेको भन्दै सुधारको माग उठेपछि उनले आफैं स्थलगत अनुगमन गरेका हुन्। गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे