
काठमाडौं, चैत २० । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा सङ्घ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अङ्गहरू दान गर्न सक्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले भने , ‘‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अङ्गहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे