
काठमाडौँ , पुस ७। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताउनु भएको छ। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, कांग्रेस र एमालेले मिलेर संविधान संशोधनका लागि काम सुरु गर्ने योजना बनाएको जानकारी दिनु भएको हो। उहाँले भने, संविधान संशोधन काँग्रेस र एमालेको मात्र चाहनामा हुने छैन, हामी माओवादी, मधेसवादी दलहरूसँग पनि संवाद गरेर सहमति बनाउँछौँ।
संविधान संशोधनको प्रक्रिया सुरु भएको भन्दै थापाले, यसलाई सम्हाल्नका लागि न्यूनतम सहमति कायम गर्न कांग्रेस र एमाले मिलेर काम गर्ने योजना बनाएको स्पष्ट पारे। उनले भने ,२०८४ को चुनावको बारेमा पनि चर्चा गर्दै, यो सरकारको जिम्मेवारीबाट भाग्न सकिँदैन, हामीले जिम्मा लिएर जानुपर्छ।
थापाले २०८१ देखि ०८३ सम्मको सरकारको कामको आलोचना गर्दै, अब चुनावमा जिम्मेवारी लिने र सरकारको फेरबदल र चकचक बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले देशभरका चुनावमा बढ्दो मङ्गोलाई छलफलको विषय बनाउनु पर्नेमा जोड दिनु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे