
काठमाडौं , पुस २६। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले देशको क्रिकेटमा अम्पायरिङको स्तर सुधार गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। जय ट्रफी एलिट कपमा बाग्मती प्रदेशको कप्तानी गरिरहेका लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै, नेपालमा अम्पायरिङ लामो समयदेखि अस्तव्यस्त रहेको बताएका छन्।
उनले भनेका छन् ‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ। यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नु पर्नेछ । हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिन। खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ। आशा छ सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछु’।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे